सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-26
  • 13:49:37
  • मंगलबार,जेठ १२, २०८३
  • सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ– आज नेपाली बजारमा सुनचाँदीको मूल्य ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले घटेको जानकारी दिए।

    जसअनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ। हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँ कायम थियो।

    यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ। महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ। हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।