अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-05-26
  • 12:45:22
  • मंगलबार,जेठ १२, २०८३
  • अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री महत

    अर्थतन्त्र लयमा फर्किएको छ :  अर्थमन्त्री महत

    काठमाडौं –  अर्थमन्त्री डा। प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् । ।

    बुधबार काठमाडौंमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

    अर्थमन्त्री महतले कोरोना भाइरस र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गरे । अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेकोमा उनले जोड दिए । उनले अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको बताए ।

    उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताए । उनले नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने बताए । मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत र कृषिमा लगानी गर्न बिस्तारै विदेशी लगानीकर्ताहरु बढ्न थालेको बताउनुभयो । अर्थमन्त्री महतले नेपालमा भएका अवसरलाई युवा पुस्ताले खोज्नुपर्ने बताए । नेपालमै अवसर खोज्ने हो विदेशको भन्दा राम्रो वातावरण भएको दाबी गरे ।

    अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताए । उनले विकसित मुलुकमा भन्दा नेपालमा धेरै अवसरहरु भएकाले उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताए ।

    उनले उद्यमशीलताप्रति मोटिभेसन गर्ने कुरा एकदमै जटिल बन्दै गएको भन्दै अहिले आफन्त सबै बाहिर जाने क्रम चलेकोले आफू नगए पछि पर्छु भन्ने मानसिकता युवाहरुमा बढेको अर्थमन्त्री महतले बताए । उनले युवा गएको र जान चाहेको देशमा भन्दा यहीँ ठूलो अवसर रहेको महतले बताए ।

    अर्थमन्त्री महतले विकसित भएको देशमा अवसरहरु कम रहेको भन्दै नेपालमा नै केही गर्छु भन्ने युवालाई अवसर रहेको बताए। उनले केही नयाँ काम गर्छु भनेर आउने युवाहरुलाई सरकारले सहुलियत दिएको पनि बताए ।