कक्षा १२ को नतिजा सार्वजनिक, गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार - Chaitanya News
  • 2026-07-16
  • 09:05:19
  • बिहिबार,आषाढ ३२, २०८३
  • कक्षा १२ को नतिजा सार्वजनिक, गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार

    कक्षा १२ को नतिजा सार्वजनिक, गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

    गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो। नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन्। त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

    यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ।

    राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ। उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ।