ललिता निवास प्रकरण अनुसन्धानमा सरकारलाई अप्ठ्यारो पार्न बाहिरबाट चलखेल हुदैछ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 20:37:01
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरण अनुसन्धानमा सरकारलाई अप्ठ्यारो पार्न बाहिरबाट चलखेल हुदैछ : प्रधानमन्त्री प्रचण्ड

    ललिता निवास प्रकरण अनुसन्धानमा सरकारलाई अप्ठ्यारो पार्न बाहिरबाट चलखेल हुदैछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान अप्ठ्यारो पार्न बाहिरबाट चलखेल भइरहेको आशङ्का गरेका छन्।

    आज (मङगलबार) बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ यस्तो बताएका हुन्।

    ललिता निवासमा उपप्रधान, मन्त्रीलगायतका हाइप्रोफायलमा अनुसन्धान पुगिसकेको अवस्थामा अदालतले पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धान गर भन्नुले आफूहरू गम्भीर भएको ‘प्रचण्ड’को भनाइ छ।

    ‘उपप्रधानमन्त्री तहमा अनुसन्धान पुगिसकेको बेला अदालतले प्रधानमन्त्री तहमा पनि जाऊ भन्यो यसमा गम्भीर छौँ। अस्ति सचिव पक्राउ परेपछि कसैले सही नै गर्न नमान्ने अवस्था सिर्जना भयो। अहिले अदालतको आदेशपछि मन्त्री(प्रधानमन्त्रीले काम गर्नेरनगर्ने भन्ने अवस्था आयो’, प्रधानमन्त्रीले भने, ‘कार्यपालिका(न्यायपालिका र व्यवस्थापिकाको लक्ष्मण रेखालाई अदालतको आदेशले तोड्यो। यस्तो हुँदा कार्यकारीले कसरी फंक्सन गर्ने?