केही जिल्लाका सिडिओको सरुवा, को कहाँ? - Chaitanya News
  • 2026-11-16
  • 20:35:41
  • सोमबार,मंसिर ०१, २०८३
  • केही जिल्लाका सिडिओको सरुवा, को कहाँ?

    केही जिल्लाका सिडिओको सरुवा, को कहाँ?

    काठमाडौँ–  गृह मन्त्रालयले चितवनसहित विभिन्न जिल्लाको सिडिओहरूको सरुवा गरेको छ।

    प्रशासन सिंहदरवार विशेष व्यरोलाई प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कायालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालको नुवाकोट सरुवा गरिएको छ।

    यसैगरी नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कारागार व्यवस्थापन विभाग कालीकास्थान काठमाडौँ सरुवा गरिएको छ भने सोही विभागमा कार्यरत चक्रपाणि पाण्डेलाई जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा गरिएको छ।