‘ठिक थियो र संसद् विघटन गर्‍यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र भएको थियो : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 20:35:36
  • सोमबार,मंसिर ०१, २०८३
  • ‘ठिक थियो र संसद् विघटन गर्‍यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र भएको थियो : अध्यक्ष ओली

    ‘ठिक थियो र संसद् विघटन गर्‍यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र भएको थियो : अध्यक्ष ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन्।

    आज (मङ्गलवार) काठमाडौँको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले यस्तो बताएका हुन्।

    ‘यस्तै उनले भने हामीले पुस ५ गते संसद् विघटन गर्‍यौँ। हामीले ठिक ठानेर गर्‍यौँ। ठिक भनेर गर्‍यौँ। ठिक थियो र गर्‍यौँ। नगरी नहुने थियो र गर्‍यौँ। बिलकुलै समसामयिक कदम चाल्यौँ,’ उनले भने, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौँ।पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौँ।’

    षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताए। उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधि सभा भङ्ग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताए।