उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको छ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-11-16
  • 20:37:36
  • सोमबार,मंसिर ०१, २०८३
  • उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको छ : अर्थमन्त्री महत

    उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको छ : अर्थमन्त्री महत

    काठमाडौं– अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन। आज (मंगलबार) देशभरका ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे। ‘‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो? के सधैँ आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो?’ उनले प्रश्न गरे।

    चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उहाँको विश्वास रहेको छ। गत वर्ष विविध कारणले लक्ष्य पूरा नभएपनि यो वर्ष अर्थतन्त्रमा सुधारका सङ्केत देखिएको र यसले गर्दा राजस्व सङ्कलन बढ्ने उनको भनाइ छ। अर्थमन्त्री महतले भने, ‘‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको सङ्ख्या धेरै छ। उनीहरूले कर तिर्न पनि सक्छन्। उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ।’

    ‘निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्दै अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ। विस्तारै ब्याज घटिरहेको छ,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन। हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ। यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ।

    उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न सुझाउनुभयो, ‘‘अब अर्थतन्त्र सुधारतर्फ जान्छ। नकारात्मक मात्र कुरा गर्ने हैन। निजी क्षेत्रले खराब मात्र छ भनेर हल्ला फैलाउनु राम्रो होइन। हाम्रो देशमा नकारात्मकता नै लोकप्रिय हुने गरेको छ। राम्रो कुराको चर्चा नै हुँदैन। सकारात्मक कुराहरूको चर्चा हुनुपर्छ।