कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै - Chaitanya News
  • 2026-05-02
  • 22:00:17
  • शनिबार,बैशाख १९, २०८३
  • कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै

    कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै

    काठमाडौं– १२ को नतिजा आज साँझसम्म प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज साझ सम्म परीक्षाको नतिजा प्रकाशन हुने भएको हो। गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ।

    यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए। परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो।

    यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।