टक्सार कार्यालयमा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु - Chaitanya News
  • 2026-11-16
  • 21:02:40
  • सोमबार,मंसिर ०१, २०८३
  • टक्सार कार्यालयमा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु

    टक्सार कार्यालयमा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु

    काठमाडौं– राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ।

    बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो।

    ब्रेक सु भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागले नक्सालबाट बरामद गरेको थियो। उक्त सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयमा ल्याएर राखिएको थियो। सोमबार ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर अर्यालले बताएका छन्।