खर्च धेरै, परिणाम कम आउने खालको कार्यशैली बदलौं : प्रकाशमान सिंह - Chaitanya News
  • 2026-11-16
  • 21:02:35
  • सोमबार,मंसिर ०१, २०८३
  • खर्च धेरै, परिणाम कम आउने खालको कार्यशैली बदलौं : प्रकाशमान सिंह

    खर्च धेरै, परिणाम कम आउने खालको कार्यशैली बदलौं : प्रकाशमान सिंह

    काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने बताएका छन।

    ‘आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भने, ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौं। धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन। बरु दुःख गरौं न।

    उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्दती र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए। त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरुलाई ठेगाउन लगाउनुपर्ने उनले बताए। पार्टीभित्र सुविधाभोगी गतिविधि अब रोक्नुपर्ने बताउँदै उनले भने, ‘काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरुलाई अब ठेगान लगाउनुपर्छ। त्यसका लागि पार्टीभित्रैबाट अभियान चलाउनुपर्छ।

    भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने बताए। ‘बिस्तारै करेक्सन गरेर २०४६ अघिको जस्तै पार्टी बनाउनुपर्ने छ। त्यसो भयो भने कांग्रेसलाई कसैले च्यालेन्ज दिन सक्दैन,’ उनले भने।

    कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ छ। ‘कप्लेन त सबैतिर छ। कप्लेन गरेर मात्र भएन नि। के गरेर समाधान गर्ने भन्नेतिर लाग्नुपर्यो,’ उनले भने, ‘मैले ५६ सालदेखि भन्दै आएको छु– टोल, वडासम्म विधि र नियमबाट चलाउनु पर्यो नि। हामी जहाँ–जहाँ छौं, त्यहाँबाट लागौं न।

    कसैकसैले कचकच गर्दैमा जिम्मेवारी दिउँ नत भनेर दिन नहुने बताउँदै उनले त्यसो गरेमा इमान्दार नेता कार्यकर्ता निराश हुने बताए।