काठमाडौँ– नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशलाई अप्ठ्यारो परेको बेला संसद किन अवरुद्ध हुन्छ भन्दै प्रश्न गरेका छन। आज (सोमबार) प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले जब जब नेपाललाई अप्ठ्यारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताए।
सांसद भण्डारीले भ्रष्टाचारका ठुला काण्ड हुँदा सदन अवरुद्ध हुने गरेको आरोप लगाए।
उनले भने ‘ अहिले नेपालमा ठुला ठुला भ्रष्टाचारको काण्ड सार्वजनिक हुँदा नेपालको सदन बन्द भएको छ। त्यसैले नेपालका पार्टी भित्र जहाँ सहि कुरा तिर नेपाल अगाडि बढ्छ त्यस्लाई काम गर्न दिँइदैन्। प्रतिपक्षी दलका केपी ओलीलाई पनि म यो भन्न चाहन्छु।
सांसद भण्डारीले राम्रो काम होस भ्रष्टाचार नहोस भन्ने कुरामा समय धेरै गएको र यसप्रति युवाहरुको असन्तुष्टि देखिनु स्वभाविक भएको बताए।
उनले भने ‘ यो देशमा नेताहरुले राम्रो काम गरेको भए आज युवा जति विदेश जान्थे त? नराम्रो भित्र राम्रो खोजेको हो नी रु राम्रो त गर्दै गरेनन नि? यो मुलुकमा त।