ललिता निवास प्रकरणमा सर्वोच्चको आदेशबारे गठबन्धनमा शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल जारी - Chaitanya News
  • 2026-11-16
  • 21:02:25
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरणमा सर्वोच्चको आदेशबारे गठबन्धनमा शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल जारी

    ललिता निवास प्रकरणमा सर्वोच्चको आदेशबारे गठबन्धनमा शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल जारी

    काठमाडौं– ललिता निवास प्रकरणमा सर्वोच्चको आदेशबारे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल जारी छ।

    आज सोमबार अपराह्नमा प्रधानमन्त्री निवासमा शीर्ष नेताहरूबीच बालुवाटारको ललिता निवासबारे सर्वोच्च अदालतको आदेश लगायत विषयमा छलफल भइरहेको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी छन्।