सन्तोष परिवारले भने: संसद् सत्ता र प्रतिपक्षका तीन दलको कब्जामा पुग्यो - Chaitanya News
  • 2026-11-16
  • 21:02:55
  • सोमबार,मंसिर ०१, २०८३
  • सन्तोष परिवारले भने: संसद् सत्ता र प्रतिपक्षका तीन दलको कब्जामा पुग्यो

    सन्तोष परिवारले भने: संसद् सत्ता र प्रतिपक्षका तीन दलको कब्जामा पुग्यो

    काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसद् सत्ता पक्ष र प्रतिपक्षका तीन दलको कब्जामा पुगेको बताएका छन्। आज (सोमबार) प्रतिनिधिसभा बैठक पछि पत्रकारहरुसँग उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपालको संसदीय इतिहास यस्ता घटना विरलै हुने बताए।

    उनले भने, ‘सम्भवतः नेपालको संसदीय इतिहासमा यस्ता घटना विरलै हुने गर्छ। आज संसद्को कारबाहीमा संसद् मूलभूत रूपमा सत्ता पक्ष र प्रतिपक्ष पुराना तीन पार्टीको कब्जामा गएको छ। यो सदनमा नेपालको जनमत लिएर आएका धेरै राजनीतिक पार्टीहरूले आफ्ना कुरा राख्न पाएका छैनन्।

    उनले सभामुखले नै आकस्मिक समयमा दुई जनालाई बोल्न दिएर सदनमा अन्य दलको उपस्थिति छैन भने जस्तो व्यवहार भएको गुनासो गरे।

    उनले भने, ‘सम्माननीय सभामुख ज्यूले आज सदनमा जम्मा दुई जना सांसदलाई आकस्मिक समयमा बोल्न दिएर सदनमा अरूको उपस्थिति छैन भन्ने जस्तो एउटा नजिर बसाउनु भएको छ। सम्भवतः संसदीय प्रणालीमा यस्तो विरलै हुने गर्छ। यो हामीले सहन सक्ने अवस्था आज सिर्जना भएको छैन।