त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिएको समस्या समाधान गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन - Chaitanya News
  • 2026-11-16
  • 21:01:55
  • सोमबार,मंसिर ०१, २०८३
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिएको समस्या समाधान गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिएको समस्या समाधान गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिएको समस्या समाधान गर्न एयरलाईन डाटा सेञ्चुरी स्थापना गर्न निर्देशन दिने भएका छन्।

    आज (सोमबार) गृह मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको चौथो त्रैमासिक वार्षिक समीक्षा बैठकको निर्णय सुनाउँदै गृह मन्त्री श्रेष्ठले उक्त निर्देशन दिने निर्णय गरेको जानकारी दिएका हुन्।

    उनले भने,‘ त्रिभुवन अन्तराष्ट्रिय अध्यागमन कार्यलयमा सर्भरमा देखिने समस्या समाधान गर्न अध्यागमनले एयरलाईन डाटा सेञ्चुरी स्थापना गर्न शीघ्ररुपमा काम गर्न निर्देशन दिईनेछ।’

    उनले भने,‘ त्रिभुवन अन्तराष्ट्रिय अध्यागमन कार्यलयमा सर्भरमा देखिने समस्या समाधान गर्न अध्यागमनले एयरलाईन डाटा सेञ्चुरी स्थापना गर्न शीघ्ररुपमा काम गर्न निर्देशन दिईनेछ ।’