रवि लामिछानेले भने: सदन हाइज्याक भयो - Chaitanya News
  • 2026-11-16
  • 20:47:39
  • सोमबार,मंसिर ०१, २०८३
  • रवि लामिछानेले भने: सदन हाइज्याक भयो

    रवि लामिछानेले भने: सदन हाइज्याक भयो

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद हाइज्याक भएको बताएका छन्।

    आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्दा स्थगित भएपछि रास्वपा सभापति लामिछानेले ट्विट गर्दै संसद हाइज्याक (कब्जा) भएको बताएका हुन्।

    नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँबानेश्वरमा पत्रकारसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए।

    उनले सदन हाइज्याक भएको आरोप लगाए। ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन’ सभामुख देवराज घिमिरेप्रति लक्षित गर्दै लामिछानेले भने, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन।’

    आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताए।

    ‘संसदीय मूल्यमान्यता सिद्धान्तमा अडिग रहेर आएको हामी जस्तो नयाँ राजनीतिक दलका लागि यो दुखद विषय भयो’ लामिछानेले भने, ‘हामीले यस्तो अपेक्षा गरेकै थिएनौं।’