एमालेले असोजभित्र प्रदेश अधिवेशन गर्ने, कुन प्रदेशको कहिले? - Chaitanya News
  • 2026-11-16
  • 20:48:09
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेले असोजभित्र प्रदेश अधिवेशन गर्ने, कुन प्रदेशको कहिले?

    एमालेले असोजभित्र प्रदेश अधिवेशन गर्ने, कुन प्रदेशको कहिले?

    काठमाडौं– नेकपा एमालेले असोजभित्र प्रदेश अधिवेशन गर्ने भएको छ।

    आज (सोमबार) बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ। जस अनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ।

    त्यस्तै कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज ११२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।