काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर तिरेर नेपालमा सुन आयात गर्न दिनुपर्ने बताएका छन्।
आज (सोमबार) कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। यस्तै उनले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताए।
सांसद प्रदीप पौडेलका अनुसार बैठकमा सभापति देउवाले अध्यागमन खुल्ला गरेर कर लगाएर कानुनी रुपमा सुन ल्याउन दिनुपर्ने बताएका थिए। ‘सभापतिज्यूले यस्तो तस्करी रोक्नको लागि अध्यागमन खुलाएर कर लगाएर सुन ल्याउन दिनुपर्छ भन्ने कुरा बैठकमा राख्नुभयो’,उनले भने।
देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिएमा तस्करी नियन्त्रण हुने बताए।