लुम्बिनी विकास कोषको ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं : उपप्रधानमन्त्री खड्का - Chaitanya News
  • 2026-11-16
  • 20:47:59
  • सोमबार,मंसिर ०१, २०८३
  • लुम्बिनी विकास कोषको ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं : उपप्रधानमन्त्री खड्का

    लुम्बिनी विकास कोषको ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं : उपप्रधानमन्त्री खड्का

    काठमाडौं– रक्षामन्त्री पूर्णबहादुर खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताएका छन्।

    आज (सोमबार) कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले ल्हारक्यालको नियुक्तिबारे आफूले पछि मात्र थाहा पाएको बताएका एक सांसदले जानकारी दिए।

    सोमबारको बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतले ल्हारक्यालको नियुक्तिबारे प्रश्न उठाएका थिए।

    जवाफ दिने क्रममा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले भने उक्त निर्णयबारे थाहा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको बताएका छन्।

    ‘मन्त्री भइसक्नुभएका कतिपय मााननीयलाई थाहा छ। कुनै निर्णयहरु सम्बन्धित मन्त्रालयका मन्त्रीबाहेक अरुलाई थाहा हुँदैन, प्रधानमन्त्री र मुख्यसचिव बसेर निर्णय लेखाउँछन्, हामीलाई थाहा नै हुँदैन, थाहा भएपछि प्रधानमन्त्रीको ध्यानाकृष्ट गरएका छौं’, खड्काको भनाइ उधृत गर्दै कांग्रेसका एक सांसदले भने।