कोशीको प्रदेश सभा बैठक भदौ १ गते बस्ने - Chaitanya News
  • 2026-11-16
  • 21:46:44
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशीको प्रदेश सभा बैठक भदौ १ गते बस्ने

    कोशीको प्रदेश सभा बैठक भदौ १ गते बस्ने

    विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशसभाको बैठक भदौ १ बस्ने भएको छ। गत असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत भएको प्रदेशसभाको बैठक भदौं १ गते दिउँसो १ बजेका लागि बोलाएको हो।

    प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले साउन १५ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत भएको प्रदेश सभा बैठक भदौं १ गतेका लागि बोलाइएको जानकारी दिए।

    तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारबाट माओवादी केन्द्र र जसपा बाहिरिएपछि बजेट अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका थिए।

    विश्वासको मत लिने प्रयोजनका लागि उनले साउन १४ गतेबाट तेस्रो अधिवेशन आह्वान गरेका थिए। पहिलो बैठकमा बजेट अध्यादेश पेस भएको थियो। दोस्रो बैठकमा उनले विश्वासको मत परीक्षण हुँदा विश्वासको मत पाएनन्।

    त्यसपछि बनेका मुख्यमन्त्री उद्धव थापाले अध्यादेशको बजेट प्रतिस्थापनका लागि भदौं १ गतेबाट अधिवेशन बोलाएका हुन्। उनले सर्वदलीय सहमतिका आधारमा बजेट अध्यादेश प्रतिस्थापनका लागि विधेयक ल्याउने बताए । भदौं १० गतेभित्र बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ।

    भदौं १० गतेभित्र बजेट पास गरेर विश्वासको मत लिने उनको तयारी छ।