काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने प्रवृत्ति देखिएको बताएका छन्।
आज (सोमबार) प्रजातान्त्रिक विचार समाजका प्रतिनिधिहरूसँग चाक्सीबारीमा भएको कुराकानीमा उनले यस्तो बताएका हुन्। यस्तै उनले मुलुक र राजनीतिक दल विधिको शासनअनुसार चल्नुपर्ने बताए।
‘पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरूद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ,’ उनले भने।