विमानस्थलमा बरामद गरेको सुन जोख्न भन्दै सीआईबीले लेख्यो टक्सार महाशाखालाई पत्र - Chaitanya News
  • 2026-11-16
  • 21:46:43
  • सोमबार,मंसिर ०१, २०८३
  • विमानस्थलमा बरामद गरेको सुन जोख्न भन्दै सीआईबीले लेख्यो टक्सार महाशाखालाई पत्र

    विमानस्थलमा बरामद गरेको सुन जोख्न भन्दै सीआईबीले लेख्यो टक्सार महाशाखालाई पत्र

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेको छ।

    महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्यूरोको पत्र आफूहरुलाई प्राप्त भएको भन्दै सुन जोख्ने प्रक्रिया सुरु हुने बताए। ‘आज सामान खोलेर सुन छुट्टयाउँछौं, त्यसपछि गाल्ने प्रक्रिया सुरु हुन्छ’, उनले भने।

    राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो।