ललिता निवास जग्गा प्रकरणमा मैले गल्ती गरेको छैन, छानबिनमा पूर्ण सहयोग रहने छ : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-11-16
  • 21:46:38
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास जग्गा प्रकरणमा मैले गल्ती गरेको छैन, छानबिनमा पूर्ण सहयोग रहने छ : अध्यक्ष नेपाल

    ललिता निवास जग्गा प्रकरणमा मैले गल्ती गरेको छैन, छानबिनमा पूर्ण सहयोग रहने छ : अध्यक्ष नेपाल

    काठमाडौँ — नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा हुने छानबिनमा आफ्नो सहयोग रहने बताएका छन्।

    युरोपको भ्रमणको सकाएर आज (सोमबार) नेपाल फर्किएका नेपालले विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ललिता निवास जग्गा प्रकरणमा आफूले गल्ती नगरेको पनि बताए।

    ुनबिराउनु नडराउनु भन्ने छ। बिराएको छैन भ्रष्टचार गरेको छैन, नेपालले भने, बदमासीमा भएको विषयमा छानबिन होस्। त्यसमा मेरो पूर्ण सहयोग रहने छ।

    उनले आफूले बालुवाटार मास्टर प्लान असल मनसायले अघि बढाएको बताए । ुमैले नितान्त असल मनासयले अघि बढाएको हो। नेपाल सरकारको जग्गामा नेपाल सरकार हुने गरेको हो, नेपालले भने, स्रेस्ता कायम गर्न भनेर राम्रो गरेको हो। सरकारी जग्गा र अन्य जग्गा छुट्टाएर गर्ने, सट्टा गरिने भएको हो।

    नेपालले त्यसमा नाम नक्कली मोही कसरी पर्‍यो त्यस विषयमा छानविन हुनुपर्ने बताए । ुजोजो यसमा संलग्न त्यसलाई कारबाही हुनुपर्छ। मेरो यस्तो कुरामा संलग्नता छ त्यो पनि देखाउनु पर्छ। यो जग्गा जटिल र अफ्ठ्यारो झमेलावाला हो भन्ने त्यस समयमा थाहा थिएन,नेपालले भने।