सर्वोच्च निकायका रुपमा रहेको प्रधानमन्त्री कार्यालयलाई सुशासनको उत्कृष्ट निकाय बनाइँदै - Chaitanya News
  • 2026-11-16
  • 21:46:40
  • सोमबार,मंसिर ०१, २०८३
  • सर्वोच्च निकायका रुपमा रहेको प्रधानमन्त्री कार्यालयलाई सुशासनको उत्कृष्ट निकाय बनाइँदै

    सर्वोच्च निकायका रुपमा रहेको प्रधानमन्त्री कार्यालयलाई सुशासनको उत्कृष्ट निकाय बनाइँदै

    काठमाडौँ– नेपालको प्रशासनिक संरचनामा सर्वोच्च निकायका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुशासनको उत्कृष्ट निकाय बनाइने भएको छ। मुलुकको समग्र प्रशासनिक कामकारबाही र सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै राज्यका सबै तहमा सुशासन प्रत्याभूति गराउन महत्त्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री तथा मुख्य सचिवको कार्यालयसमेत रहेको प्रधानमन्त्री कार्यालयलाई थप सक्रिय बनाउन लागिएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित समितिले सोमबार अ(((आज) प्रधानमन्त्री कार्यालय सुधार सम्बन्धी प्रतिवेदन मुख्य सचिव वैकुण्ठ अर्याललाई बुझाउँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद बहाली हुँदा भएको निर्णय र दिएको निर्देशन अनुसार प्रधानमन्त्री कार्यालय सुधार सम्बन्धी प्रतिवेदन तयार गरिएको हो।

    नेपाल सरकार (कार्य विभाजन नियमावली), २०४७ अनुसार विभिन्न ४८ वटा जिम्मेवारी तोकिएको प्रधानमन्त्री कार्यालयलाई तत्काल सुधारका लागि समितिले विभिन्न महत्त्वपूर्ण सुझावहरू पेस गर्न लागिएको सहभागी एक अधिकारीले प्रशासनलाई बताएका छन्। जस अन्तर्गत मौजुदा सङ्गठनको पुनः संरचना र दरबन्दीमा सुधार गर्ने, कार्यसम्पादनमा सहजीकरण गर्न कार्य सञ्चालन सम्बन्धी कानुनी व्यवस्था गर्ने, नीति निर्माण तथा नीति समन्वयमा जोड दिने, नीति निर्माणको कार्य प्रभावकारी बनाउन दक्ष जनशक्तिको विकास गरी प्रोत्साहन गर्ने, विकास आयोजनाहरूको अनुगमन र प्रतिवेदन तयार गर्ने, उच्च व्यवस्थापन समूह क्रियाशील बनाउने, नतिजा व्यवस्था, मानव संशाधन विकास र प्रोत्साहन गर्ने र सचिव बैठकलाई प्रभावकारी बनाउने कुरा उल्लेख गरिएको छ।