प्रतिनिधि सभा बैठक आज दिउँसा १ बजे  बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-11-16
  • 21:02:15
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रतिनिधि सभा बैठक आज दिउँसा १ बजे  बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभा बैठक आज दिउँसा १ बजे  बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।

    बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायत विभिन्न ८ कार्यसूची छ।

    यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरूको संलग्नता रहेको भन्दै एमालेले साउन १० गतेदेखि संसद चल्न दिएको छैन। उसले उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा माग गरेको छ।