मन्त्री अनिता देवीले लिइन् शपथ - Chaitanya News
  • 2026-11-16
  • 21:01:50
  • सोमबार,मंसिर ०१, २०८३
  • मन्त्री अनिता देवीले लिइन् शपथ

    मन्त्री अनिता देवीले लिइन् शपथ

    काठमाडौं– सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन्।

    उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए।

    यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए। जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो।