काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आफैंले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् भन्दै प्रश्न गरेकी छन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९–८० को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तै उनले मन्त्रालयको पूँजीगत खर्च कमजोर भएकोप्रति असन्तुष्टि जनाएकी छन्। गत आर्थिक वर्ष २०८०–८१ मा मन्त्रालयको पूँजीगत खर्च ६० प्रतिशत समेत नपुगेको सन्दर्भमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन्
उनले प्रश्न गरिन्, ‘आफैंले बनाएका योजना किन कार्यान्वयन हुँदैनन्?
जिम्मेवारीमा बसेका मान्छेमा समेत आफू पन्छिने बानी रहेको भन्दै उनले हरेक निकाय र जिम्मेवार अधिकारीले आत्मसमीक्षा गरेर प्रगतिको मूल्याङ्कन गर्नुपर्ने बताइन्। मन्त्री शर्माले भनिन्, ‘अरु कुनै कारण वा कसैले गर्दा भएन भन्न पाइँदैन। हामीले सबैले कसको कति कमजोरी हो खोजी गरौं तर चालु आर्थिक वर्षमा बहानाबाजी गरेर पूँजीगत खर्च नबढाउने छुट हामी कसैलाई छैन।
उनले सुशासन र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन काम गर्नुपर्ने समय आएको बताइन्। उनले मन्त्रालय माताहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न समेत निर्देशन दिएकी छन्।