काठमाडौँ– आइतबार बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसद प्रदिप पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग गरेका छन।
युवा सांसदले सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्नेगरी उच्च स्तरीय आयोग बनाउने अन्यथा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सम्मका माग पार्टी नेतृत्वसँग गरेका हुन्।
सांसद प्रदिप पौडेलले हालसम्मका सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्ने गरी उच्चस्तरीय समिति बन्नुपर्ने धारणा राखेका हुन्।
सुन तस्करी प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टाचारको छानबिन हुने गरी शक्तिशाली समिति बनाउनुपर्नेमा पौडेलले जोड दिए।