नयाँ मन्त्री अनिता देवीको शपथ सोमबार बिहान - Chaitanya News
  • 2026-11-16
  • 21:01:40
  • सोमबार,मंसिर ०१, २०८३
  • नयाँ मन्त्री अनिता देवीको शपथ सोमबार बिहान

    नयाँ मन्त्री अनिता देवीको शपथ सोमबार बिहान

    काठमाडौं– जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ। जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ।

    अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने वा अरु कुनै मन्त्रालय पाउने भन्ने तय भएको छैन।