गभर्नर अधिकारीसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसंग छलफल गर्दै अर्थमन्त्री, ब्याजदरबारे चासो - Chaitanya News
  • 2026-05-26
  • 12:45:18
  • मंगलबार,जेठ १२, २०८३
  • गभर्नर अधिकारीसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसंग छलफल गर्दै अर्थमन्त्री, ब्याजदरबारे चासो

    गभर्नर अधिकारीसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसंग छलफल गर्दै अर्थमन्त्री, ब्याजदरबारे चासो

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारीसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएका छन्। आज (आइतबार) साढे ५ बजे ब्याजदरको सम्बन्धमा छलफल गर्न भन्दै अर्थ मन्त्रालयबाट बोलावट भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए।

    अर्थ मन्त्रलयको सचिवालेयले पनि ब्याजदर, समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाको बारेमा छलफल गर्न गभर्नर र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको बताएको छ।

    वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले १ साउनदेखि भद्र सहमतिको नाममा ब्याजदरमा गर्दै आएको भद्र सहमति खारेज गर्दै बैंकहरुले आफैं ब्याजदर तोक्ने निर्णय गरेको थियो। १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्ने मिति नजिक आउँदै गर्दा गभर्नर समेत राखेर अर्थमन्त्रीले ब्याजदरको सम्बन्धमा छलफल गर्न भन्दै बैंकरलाई बोलाएका हुन्।