सुन तस्करणमा मेरो संलग्नता प्रमाणित गर्नुस्, पदमा बस्दिनँ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-11-16
  • 21:39:24
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करणमा मेरो संलग्नता प्रमाणित गर्नुस्, पदमा बस्दिनँ : अर्थमन्त्री महत

    सुन तस्करणमा मेरो संलग्नता प्रमाणित गर्नुस्, पदमा बस्दिनँ : अर्थमन्त्री महत

    काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा कसैले आफ्नो संलग्नताको प्रमाण ल्याए पदमा नबस्ने उनले बताएका छन।आज )आइतबार) कांगे्रस संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    अर्थमन्त्री डा महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए। यदि प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए।

    तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको भन्दै डा। महतले भने, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको। हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ।’

    डा. सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो? शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरूमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।

    अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस्। म यहाँ अर्थमन्त्री पदमा बस्दिनँ।’

    यदि आफूले लोभ लालच राखेको भए कर निर्धारण अनेक गर्न सक्ने भन्दै उनले त्यस्तो नगरेको बताए।

    तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री डा. महतले असन्तुष्टि जनाए।