काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको बताएका छन्।आज (आइतबार) बसेको कांगे्रस संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन। यस्तै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीउ समिति नै गठन गर्नुपर्ने बताएका छन।
डा.कोइरालाले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गरे। ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी छ’ प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले भने, ‘त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ?
‘उहाँले के बोल्नुभयो? सीआईबीलाई किन दिनुपर्यो, हामी नै सक्षम छौं भनेको बिर्सिनुभयो?’ उनले अघि भने।
कांग्रेस नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए।
नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गरेका उनले भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ।
प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि जनाए।