संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिसक्यौं : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 21:39:29
  • सोमबार,मंसिर ०१, २०८३
  • संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिसक्यौं : अध्यक्ष ओली

    संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिसक्यौं : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष एव. पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन्।आज (आइतबार) नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। यस्तै उनले वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए।

    अध्यक्ष ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताए। ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ। सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन।

    ‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन, दलिय गठबन्धन अगाडि आउँछ’, एमाले अध्यक्ष ओलीले अगाडि भने।