शिक्षा क्षेत्रमा देखिएका समस्या तत्काल समाधानको पहल गर्छु : महामन्त्री थापा - Chaitanya News
  • 2026-05-02
  • 21:01:13
  • शनिबार,बैशाख १९, २०८३
  • शिक्षा क्षेत्रमा देखिएका समस्या तत्काल समाधानको पहल गर्छु : महामन्त्री थापा

    शिक्षा क्षेत्रमा देखिएका समस्या तत्काल समाधानको पहल गर्छु : महामन्त्री थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न पहल गर्ने बताएका छन्।

    सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ, नेपाल (पेट्सान)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन्।

    संविधानले शिक्षा र सम्पत्तिको हकलाई सुनिश्चित र सुरक्षित गरेको भन्दै गुणस्तरीय शिक्षा प्रदानमा पेट्सानको अझ महत्वपूर्ण भूमिका रहने बताए। थापाले संसदमा टेवल हुन लागेको शिक्षा विधेयकमा शैक्षिक गुठीको विषयलाई सम्बोधन गर्न आफुले पहल गर्ने धारणा राखे।

    सिद्धार्थ वनस्थली इन्स्टिच्युटको सभाहलमा भएको कार्यक्रममा संस्थाका रास्ट्रिय अध्यक्ष रुपक राजवंसीले शिक्षा विधेयकमा रहेका कतिपय प्रावधानहरू अव्यवहारिक रहेको बताए। त्यसलाई संशोधन र सम्बोधन गर्न थापालाई उनले आग्रह गरे।

    कार्यक्रममा काँग्रेस महामन्त्री थापाले एसईई २०७९ मा उत्कृष्टता हाँसिल गर्ने सदस्य विद्यालयका विद्यार्थीका साथै शिक्षक, कर्मचारी तथा वरिष्ठ शिक्षाविद्लाई सम्मान गरेका छन् ।