मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने - Chaitanya News
  • 2026-11-16
  • 21:32:18
  • सोमबार,मंसिर ०१, २०८३
  • मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने

    मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ ।

    प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो ।

    दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एक जना मन्त्रीलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी भईरहेको छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना रहेको बताइएको छ ।

    जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।

    जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले आइतबारसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गर्नुभएको छ ।