काठमाडौं– सांसद सुनील शर्मा पक्राउबारे नेपाली कांग्रेसकी नेतृ आरजु राणाले पनि हापत्ति जनाएकी छन। सांसदहरूले साझा धारणा राखेका छन। पक्राउ नगरी पनि अनुसन्धान गर्न सकिने भए पनि प्रतिशोध साँध्न र कांग्रेस सांसद घटाउने उद्देश्यले शर्मालाई पक्राउ गरिएको उनीहरूको बुझाइ छ।
राणाले पनि अरू सांसदले जस्तै शर्माको पक्राउ स्वाभाविक नरहेको बताइन्। संसदीय दलको बैठकमा उनले गम्भीर अपराधमा समेत माफी पाइरहेका बेला सर्टिफिकेट नक्कली भएकै आधारमा पक्राउ गर्नु नपर्ने बताइन।