काठमाडौं– नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनिल शर्माले बाहिरै बसेर मुद्दा लड्न पाउनु पर्ने बताएका छन।
आज (शुक्रबार) बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सांसद शर्माले कुनै हत्या नगरेकाले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताएका हुन्। सांसद शर्माले कुनै हत्या गर्नुभएको छैन। उहाँले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ, उनले भने।
सांसद कार्कीले सांसद शर्मालाई जस्तै एक(एक गरेर कांग्रेसको संख्या बटाउनेतर्फ अन्य दलहरू लाग्ने निश्चित रहेको बताए।