सुन तस्करीमा मन्त्रीहरुबारे प्रश्न उठाएको प्रतिशोधमा सुनिल शर्मालाई समातेको अर्जुननरसिंह केसीको आरोप - Chaitanya News
  • 2026-11-16
  • 21:32:48
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करीमा मन्त्रीहरुबारे प्रश्न उठाएको प्रतिशोधमा सुनिल शर्मालाई समातेको अर्जुननरसिंह केसीको आरोप

    सुन तस्करीमा मन्त्रीहरुबारे प्रश्न उठाएको प्रतिशोधमा सुनिल शर्मालाई समातेको अर्जुननरसिंह केसीको आरोप

    काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सुन तस्करी प्रकरणबारे प्रश्न उठाएको प्रतिसोधमा सांसद सुनिल शार्मालाई समातेको आरोप लगाएका छन्।

    ‘त्यत्रो सुनकाण्ड छाडेर सरकारले सांसद सुनिल शर्मालाई समातेको छ। सुनिल शर्मा पक्रेको जानकारी संसद्लाई आएन’, उनले भने, ‘२७ वर्षपछि यो केसमा सरकारले प्रतिशोध साँधेको छ। जब उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्नु भयो तब समातियो। सुनिल शर्मा भागेर जाँदैन थिए।’

    उनले शर्मामाथि कारबाही गर्ने हो कि होइन त्यो कानुनी पाटो भए पनि ललिता निवास र सुन तस्करी प्रकरण छाडेर सरकार अहिले आफूविरुद्ध बोल्नेलाई तह लगाउनेतिर लागेको बताए।

    ‘सुनिल शर्मामाथिको कारबाही प्रतिशोधका लागि हो’, उनले भने, ‘सुन तस्करीको नेक्ससमा सबै दलको मिलेमतो छ। शर्माको शैक्षिक प्रमाणपत्रको १९९६ को कुरा ०७२–७३ मा पनि छाबनिन भयो। त्यसबेला केही नभेटिएपछि छाडियो। अहिले आएर संसद्‍मा सुनकाण्डबारे कडा अभिव्यक्ति दिइरहनु भएको बेला समातिनु प्रतिशोधका लागि हो।’

    सीआईबीलाई नै अघि सारेर गरिएको यो प्रतिशोधपूर्ण कार्यबारे आफूले कांग्रेस संसदीय दलको बैठकमा पनि उठाउको बताए।