नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 21:32:04
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि : प्रधानमन्त्री प्रचण्ड

    नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्ने बताएका छन्।

    आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भने, ‘हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरू अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ, हामी सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने, मन्त्रालयदेखि सरकारदेखि सबैका लागि ठूलो प्रश्न बनेको छ। यसलाई रोक्न सरकार लागि पर्छ।’

    उनले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौती सामना गर्न सरकार लागिपरेको बताए। उनले नयाँ सङ्कल्पसहित नयाँ प्रतिविद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान केन्द्रित रहेको बताए।

    ‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौती सामना गर्ने म आफैँले एउटा नयाँ सङ्कल्प लिएको विश्वास दिलाउन चाहन्छु।’ उनले भने, ‘ तर अहिले हामी एउटा नयाँ सङ्कल्पसहित नयाँ प्रतिविद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौँ। सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो की भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन। स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान छ।