धितोपत्र बोर्डले दियो ३ वटा कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स - Chaitanya News
  • 2026-05-26
  • 12:57:42
  • मंगलबार,जेठ १२, २०८३
  • धितोपत्र बोर्डले दियो ३ वटा कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

    धितोपत्र बोर्डले दियो ३ वटा कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

    काठमाडौँ– नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनिीलाई सेयर ब्रोकर लाइसेन्स दिएको छ। २४ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने तीन वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

    जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको इजाजत दिएको हो।

    धितोपत्र दलाल व्यवसायीका लागि बोर्डमा आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्व स्वीकृति दिएको थियो। जसमध्ये ३२ वटा दलाल व्यवसायीले इजाजात पाएको बोर्डको भनाई छ।