एमालेले संसद अवरोध गर्नु गलत भएको कांग्रेसका सांसदहरूको भनाइ - Chaitanya News
  • 2026-11-16
  • 21:42:51
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेले संसद अवरोध गर्नु गलत भएको कांग्रेसका सांसदहरूको भनाइ

    एमालेले संसद अवरोध गर्नु गलत भएको कांग्रेसका सांसदहरूको भनाइ

    काठमाडौं– नेपाली कांग्रेसका सांसदहरुले नेकपा एमालेले संसदमा अवरोध गर्नु गलत भएको बताएका छन। आज (शुक्रबार)देखि सुरु भएको संसदीय दलको बैठकमा अधिकांस सांसदहरुले यस्तो बताएका हुन्। यस्तै सांसदहरुले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनको माग राखेर नेकपा एमालेले संसद अवरोध गरेर गलत गरेको आरोप लगाए।

    सांसदहरूले राज्यका संयन्त्रले अनुसन्धान गरिरहेको विषयमा छानबिन गर्न संसदीय समिति आवश्यक नभएको बताए।

    सुन तस्करीका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छानबिन गरिरहेको छ।

    कांग्रेस सांसदहरुले आपराधिक घटनाका अनुसन्धानका लागि राज्यकै संयन्त्र बलियो बनाउनु पर्ने र प्रहरी प्रशासनलाई विश्वास गर्नु पर्ने बताएका छन्।

    अर्जुननरसिंह केसी र उदयशमशेर जबराले भने आयोग बनाउने हो भने पूराना घटनासमेत छानबिन गर्ने गरी शक्तिशाली आयोग बनाउनु पर्ने बताएका थिए।

    केहीले भने आफ्ना सांसद सुनिल शर्मालाई पूर्वाग्रही ढंगले पक्राउ गरेको भन्दै आपत्ति पनि जनाएका छन्।

    संसदीय दलको बैठकमा आज १६ जना सांसदले बोलेका छन्। बैठक आइतबार फेरि बस्ने गरी आजका लागि सकिएको छ।