प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले संसदमा विरोध गरे : रघुजी पन्त - Chaitanya News
  • 2026-11-16
  • 21:42:54
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले संसदमा विरोध गरे : रघुजी पन्त

    प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले संसदमा विरोध गरे : रघुजी पन्त

    काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा बिरोध गरेको बताएका छन्।

    आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले संसदमा प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर बिरोध जनाएको घटना संसदमा आज पहिलो पटक देखेको बताए।

    सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिनु संसदीय मान्यता विपरीत भएको उनको जिकिर छ। मुख्य प्रतिपक्ष दलको सांसद ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदले उठेका थिए।

    सांसद पन्तले सिआईबी र राजश्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो? भन्दै उनले प्रश्न गरे।

    एमालेले सुन तस्करीका बारेमा अध्ययन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।