लडाकु शिविर घोटलाको पनि छानबिन हुनुपर्ने डा.भट्टराईको माग - Chaitanya News
  • 2026-11-16
  • 21:42:49
  • सोमबार,मंसिर ०१, २०८३
  • लडाकु शिविर घोटलाको पनि छानबिन हुनुपर्ने डा.भट्टराईको माग

    लडाकु शिविर घोटलाको पनि छानबिन हुनुपर्ने डा.भट्टराईको माग

    बुटवल– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।.बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने माग गरेका छन्।

    आज (शुक्रबार) बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए।

    मा चरम विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गर्नु ठीक नभएको बताए।

    दलका मुख्य नेताले नियुक्ति हुने व्यक्ति छान्ने विवधि समेत ठीक नहँुदा लामा जस्ता विवादित व्यक्ति लुम्बिनी विकास कोषमा नियुक्त हुन पुगेको उनले बताए।

    नेपालमा अहिले पनि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको दोहो¥याउँदै भट्टराईले विगतमा आफूले हतारिएर अरुको चिन्ह लिएर चुनावमा जानु र सबै मुद्दा नमिल्दै पार्टी एकीकरण गरेर गल्ती गरेको स्वीकारे।