डोजर लिएर कपन पुग्यो महानगर प्रहरी, उत्खनन गर्ने तयारी - Chaitanya News
  • 2026-11-16
  • 21:42:50
  • सोमबार,मंसिर ०१, २०८३
  • डोजर लिएर कपन पुग्यो महानगर प्रहरी, उत्खनन गर्ने तयारी

    डोजर लिएर कपन पुग्यो महानगर प्रहरी, उत्खनन गर्ने तयारी

    काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रहरी डोजर लिएर कपन पुगेका छन। कपनको खहरे खोला उत्खनन गर्ने तयारी गरेको छ।

    महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अहिले नापी कार्यालय चाबहिलमा काठमाडौं र बूढानीलकण्ठका प्रतिनिधि बीच छलफल भइरहेको छ।

    सबै तयारी गरेर कपनमा आएकोे छ वार्ताबाट के निर्णय हुन्छ भनेर कुरिरहेका र डोजर चल्ने सम्भावना रहेको छ, राजुनाथ पाण्डेले चने

    तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ। नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको।

    बूढानीलकण्ठ नगरपालिका भने छलफल विना डोजर चलाइहाल्ने पक्षमा नरहेको जनाएको छ। नगरपालिकाका मेयर मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा मेयर बालेन्द्र शाह (बालेन)सँग भएको सहमति अनुसार नै अगाडि बढ्ने बताए।

    ‘