कोशी सरकारमा जसपा सहभागी हुने, निर्मला लिम्बुलाई स्वास्थ्यमन्त्री बनाउने तयारी - Chaitanya News
  • 2026-11-16
  • 21:42:49
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी सरकारमा जसपा सहभागी हुने, निर्मला लिम्बुलाई स्वास्थ्यमन्त्री बनाउने तयारी

    कोशी सरकारमा जसपा सहभागी हुने, निर्मला लिम्बुलाई स्वास्थ्यमन्त्री बनाउने तयारी

    विराटनगर– जनता समाजवादी पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो।

    जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको मुख्यमन्त्री उद्धव थापाले बताए।

    उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी छ। लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ।