छुवाछुतको व्यवहार रहुन्जेल जातीय विभेद हट्दैन : वामदेव गौतम - Chaitanya News
  • 2026-11-16
  • 21:42:58
  • सोमबार,मंसिर ०१, २०८३
  • छुवाछुतको व्यवहार रहुन्जेल जातीय विभेद हट्दैन : वामदेव गौतम

    छुवाछुतको व्यवहार रहुन्जेल जातीय विभेद हट्दैन : वामदेव गौतम

    काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले छुवाछुतको व्यवहार रहुन्जेल जातीय विभेद नहट्ने बताएका छन्। आज (बिहीबार) दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले छुवाछुतको माध्यमबाट निरन्तर अस्थायी समुदाय खडा गर्ने काम भएको दाबी गरे।

    ‘जातिभेदको व्यवहार गरिन्छ छुवाछुतको व्यवहार गरिन्छ। त्यस बेला सम्म यो अस्थायी समुदाय हो। स्थायी समुदाय होइन। स्थायी समुदाय जस्तै यसलाई अधिकार दिने यसरी यसरी गर्ने भन्नेले सधैँ भरी दलितको अवस्था सिर्जना गर्छ र त्यो समुदायको रूपमा फैलिन्छ,’ उनले भने, ‘यो कहिल्यै पनि समाधान हुँदैन। त्यसो भएर यसको समाधान अहिले जे जति भनिएको छ। क्षतिपूर्ति बापत आजसम्म जे गरिएको छ। यो दिनु पर्छ तर दश वर्ष भन्दा बढी दिनुहुन्न। ’