प्रधान सेनापति शर्मा र इन्डोनेशियाका राजदूतबीच भेट, पारस्परिक सम्बन्धका विषयमा छलफल - Chaitanya News
  • 2026-11-16
  • 21:42:57
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधान सेनापति शर्मा र इन्डोनेशियाका राजदूतबीच भेट, पारस्परिक सम्बन्धका विषयमा छलफल

    प्रधान सेनापति शर्मा र इन्डोनेशियाका राजदूतबीच भेट, पारस्परिक सम्बन्धका विषयमा छलफल

    काठमाडौँ– प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेशियाका गैर आवासीय राजदूत हेरी हरुन्थो सुवोलोबीच जङ्गी अड्डामा
    भेटवार्ता भएको छ।

    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

    यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।