काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम नगरे मन्त्री तथा कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्ने बताएका छन्। आज (बिहिबार) सिंहदरवारमा उपप्रधानमन्त्री, मन्त्री सचिवहरु सहभागी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले मन्त्री तथा कर्मचारीहरूको कामप्रति आफू सन्तुष्ट हुन नसकेको उनले पनि बताएका छन।
उनले अब कार्यसम्पादन सम्झौताका आधारमा मन्त्रीहरूको रिपोर्ट कार्ड बन्ने र सम्झौता अनुसार काम नभए मन्त्री, सचिव, विभाग तथा आयोजना प्रमुखको जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिए।
‘अब विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोही अनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ।
प्रधानमन्त्री प्रचण्डले २०७९ पुस १८ र १९ गते सबै मन्त्रालय तथा केन्द्रीय स्तरका कार्यालयका सचिव र कार्यालय प्रमुखहरूसँग छलफलका क्रममा सेवा प्रवाहलाई चुस्त बनाउने तथा विकास निर्माणको गतिलाई तीव्रता दिने निर्देशन दिएको पनि उनले बताए।
‘