मन्त्रिपरिषद्ले पास गरेको शिक्षा ऐनका कैयौं विषय उल्टिएर आए : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 21:42:56
  • सोमबार,मंसिर ०१, २०८३
  • मन्त्रिपरिषद्ले पास गरेको शिक्षा ऐनका कैयौं विषय उल्टिएर आए : प्रधानमन्त्री प्रचण्ड

    मन्त्रिपरिषद्ले पास गरेको शिक्षा ऐनका कैयौं विषय उल्टिएर आए : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिरिषद्‍बाट पास भएको संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको बताएका छन्। आज (बिहिबार) मन्त्रीहरुसंथ कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले अरु बेला पनि मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन नभएको उनको गुनासो गरेका छन

    प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेटकै ओरिजिनल भर्सन हेरफेर हुने गरेको सुनाए।

    ‘अहिले एउटा नमिठो अनुभव भयो’ उनले भने, ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, फर्किएर आउँदा कैयौं विषय त विल्कुल उल्टो, झन् नेगेटिभ भएर आएको देखियो।

    त्यही कारण संघीय शिक्षा ऐनलाई संसदमा दर्ता गर्न नसकेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘हामी त्यसको खोजीमा छौं कसले यस्तो गर्‍यो त? कहाँबाट कुन ठाउँबाट यस्तो भयो त?

    मन्त्रिपरिषद्का सदस्यहरुले राम्रोसँग हेर्न नपाउँदै विधेयकका व्यवस्थाहरु सार्वजनिक भएको र यो गलत वा सही भन्ने स्थिति बनेको उनले बताए।

    वन ऐन संशोधनका क्रममा पनि झन् नेगेटिभ भएर आएको मन्त्रीको गुनासो रहेको प्रधानमन्त्रीले सुनाए। क्याबिनेटले गरेको निर्णय समेत लागू नभएको अनौठो स्थिति देखा परेको भन्दै उनले भने, ‘कित्ताकाट सम्बन्धी धेरै निर्णय गरियो, कार्यान्वयनमा समस्या छ। कहाँ गएर अड्किएको छ?