महानगर प्रहरी र कपनका स्थानीयबीच झडप - Chaitanya News
  • 2026-11-16
  • 21:43:02
  • सोमबार,मंसिर ०१, २०८३
  • महानगर प्रहरी र कपनका स्थानीयबीच झडप

    महानगर प्रहरी र कपनका स्थानीयबीच झडप

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ। महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन्।

    काठमाडौँ १० र बुढानीलकण्ठ ७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो।