सुदूरपश्चिममा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी - Chaitanya News
  • 2026-11-16
  • 21:56:28
  • सोमबार,मंसिर ०१, २०८३
  • सुदूरपश्चिममा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी

    सुदूरपश्चिममा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी

    काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा संसदीय समितिथप गर्ने तयारी भइरहेको छ। यस अघि रहेका चार वटा समितिलाई अव ६ समिति बनाउने तयारी भइरहेको छ।

    सत्ता गठबन्धन बिच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै सुदूरपश्चिम प्रदेशमा समितिको संख्या बढ्ने भएको छ। समितिको संख्या बढाउनु अघि कार्यदल बनाइने तयारी भएको छ।

    समितिको क्षेत्राधिकार र नामका विषयमा टुङ्गो लगाउन कार्यदल बनाउने विषयमा छलफल भइरहेको सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले जानकारी दिए। उनले केही दिन यस विषयमा मुख्यमन्त्री कमल बहादुर शाहसँग पनि छलफल गरेका छन्।